close

स्वास्थ्य चौकीको भवन अभाव हुँदा समस्या

स्वास्थ्य चौकीको भवन अभाव हुँदा समस्या

Trulli
ADVERTISEMENT

रुपन्देही- रोहिणी गाउँपालिकामा अधिकांश स्वास्थ्य संस्था दुई कोठे भवनबाट सञ्चालित छन् । गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य संस्थामध्ये ४ वटा दुई कोठे भवनबाट सञ्चालित रहेका छन् । 

गाउँपालिकाकी स्वास्थ्य संयोजक रेनुका पाण्डेका अनुसार एउटा स्वास्थ्य संस्था स्वास्थ्य संस्थाको न्यूनतम मापदण्ड पूरा गरी सञ्चालन हुँदै आएको छ । एउटा स्वास्थ्य संस्थाको भवन निर्माणाधिन रहेको उनले पालिकाखबरलाई बताइन् । 

साविक उपस्वास्थ्य चौकीलाई परिमार्जन गरी वडा कार्यालयको जग्गामा भवन निर्माण गरी स्वास्थ्य सञ्चालन गर्दै आएको उनले बताइन् । स्वास्थ्य संस्थाको भवन सानो भएकाले बिरामीको उपचारमा समस्या हुने उनले सुनाइन् । 'उपचारको लागि छुटाछुट्टै कोठा हुनुपर्ने हो । तर भवन अभावले एउटै वेडमा पालैपालो उपचार गराउँदै आएका छौँ,' उनले भनिन् । 

स्वास्थ्य संस्थामा भवनको अभाव भए पनि आवश्यक जनशक्ति रहेको उनले सुनाइन् । स्वास्थ्य संस्थाबाट आवश्यक उपचार हुँदै आएको उनले बताइन् । उनका अनुसार गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य संस्था र पाँच वटा स्वास्थ्य चौकी सञ्चालित छन् ।