close

नगर अस्पताल पालिकालाई हस्तान्तरण : सञ्चालनमा ल्याउन जनशक्ति व्यवस्था गरिँदै

नगर अस्पताल पालिकालाई हस्तान्तरण : सञ्चालनमा ल्याउन जनशक्ति व्यवस्था गरिँदै

Trulli
ADVERTISEMENT

दाङ - बबई गाउँपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले आवश्यक प्रकृया पूरा गरी नगर अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक हरीबहादुर खड्काका अनुसार अस्पतालको भवन निर्माण गरी नेपाल सरकारले पालिकालाई हस्तान्तरण गरिसकेको छ । अस्पताल सञ्चालन गर्नको लागि कर्मचारी तथा आवश्यक पूर्वाधार पूरा गरी सञ्चालनमा ल्याइने उनले पालिकाखबरलाई बताए । 

वडा नम्बर ३ मा निर्माणाधीन अस्पतालमा १५ शय्यासहित विभिन्न सेवा सञ्चालनमा ल्याउने उनको भनाइ छ । पालिकामा हाल नगरअस्पताल सञ्चालनमा नआए पनि स्वास्थ्य संस्था तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थानीयलाई सेवा दिँदै आएको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकामा पाँच शय्या प्राथमिक स्वास्थ्य इकाइसहित आठ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेको छ । सो स्वास्थ्य संस्थाबाट सेवा दिन नसकेमा उपचारको लागि छिमेकी पालिकाको अस्पतालमा रिफर गरिने उनको भनाइ छ ।