close

स्वास्थ्य शाखामा न्यून बजेट हुँदा कार्यक्रम सञ्चालन गर्न समस्या

स्वास्थ्य शाखामा न्यून बजेट हुँदा कार्यक्रम सञ्चालन गर्न समस्या

Trulli
ADVERTISEMENT

गुल्मी- कालीगण्डकी गाउँपालिकाको स्वास्थ्य नियमित कार्यक्रम मात्रै सञ्चालन हुने भएको छ । गाउँपालिकासँग चालु आवमा थोरै बजेट भएकाले नियमित कार्यक्रम मात्रै सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाका अनुसार स्वास्थ्य शाखाबाट संघीय सरकारले विनियोजन गरेको सशर्त अनुदानबाट नियमित कार्यक्रममात्रै सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले स्वास्थ्यको लागि विशेष कुनै पनि कार्यक्रम नल्याएको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाका स्थानीय बासिन्दामा श्वासप्रश्वासको समस्या भएको उनले बताए । सो समस्या समाधानको लागि नियमित कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाको स्वास्थ्य संस्थाबाट सामान्य बिरामीको उपचारमात्रै हुने गर्दछ । विशेष उपचारको लागि छिमेकी जिल्लामा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।