close

लुम्बिनी साँस्कृतिकमा प्राथमिक स्वास्थ्य चौकीको भवन निर्माण सुरु

लुम्बिनी साँस्कृतिकमा प्राथमिक स्वास्थ्य चौकीको भवन निर्माण सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन मुसलमानका पहलमा प्राथमिक स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भएको छ । नगरप्रमुख मुसलमानको पहलमा नगरपालिका वडा न.३ स्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र, लंकापुरमा भवन निर्माण सुरु भएकाे हाे ।

करिब ७४ लाख ८० हजार रुपैयाँमध्ये जिल्ला समन्वय समितिको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सो स्वास्थ्य भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । सुविधा सम्पन्न बन्ने भवनमा करिब १५ वटा उपचार कक्ष रहने छ । तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ओझा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको नगरप्रमुख मुलमानले पालिकाखबरलाई बताएका छन् ।

नगरप्रमुख मुसलमानले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मानव जीवनसंग प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र जोडिएकाले पालिकाले आवश्यक रुपमा भौतिक संरचना निर्माणका लागी प्रयास गरिरहेको उनले सुनाए । लंकापुर स्वास्थ्य चौकीबाट २४ औँ घण्टा सुत्केरी सेवा दिनुपर्ने र पुरानो भवन जीर्ण हुदैँ गएकाले नयाँ स्वास्थ्य भवनका निर्माण गर्न लागिएको कुरा उल्लेख गरे ।

नगरपालिकाका नगरप्रमुख मुसलमानका अनुसार नगरपालिकामा पाँच वटा एम्बुलेन्स नियमित रुपमा सेवामा भएको जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको अनुदानमा थप तीन  वटा एम्बुलेन्स प्राप्त भएको हुदाँ गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको नगरप्रमुख मुसलमानले बताए । 

सोक्रममा कोभिडबाट प्रभावित १५ जना पिडितलाई समेत विमा बापतको रकम दिलाउन सफल भएको बताएका छन् । लंकापुर स्वास्थ्य केन्द्रबाट सुत्केरी सेवा, रेविजविरुद्धको उपचार र प्राथमिक तहको उपचार हुँदै आएको छ ।