close

सुत्केरी हुन चार घण्टा पैदल

सुत्केरी हुन चार घण्टा पैदल

Trulli
फाइल तस्विर
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाका गर्भवती महिलालाई स्वास्थ्य संस्था पुग्नै पैदल चार घण्टा लाग्ने गर्छ । गाउँपालिकामा भौगोलिक विकटताले सबै क्षेत्रमा सडक नपुगेकोले चार घण्टाको पैदलपछि बर्थिङ सेन्टर पुग्छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रितमसिंह ठगुन्नाका अनुुसार सेन्टरमा सबैभन्दा टाढा वडा नम्बर १ ईयरकोट र वडा नम्बर ६ धुलिगडा बस्ती रहेका छन् । सडकको विकास नभएकाले वडा नम्बर १ ईयरकोटबाट पैदल बर्थिङ सेन्टरसम्म पुग्न ४ घण्टा  र ६ धुलिगडाबाट बर्थिङ सेन्टरसम्म पुग्न ३ घण्टा लाग्ने उनले पालिकाखबरलाई बताए ।

बर्थिङ सेन्टर टाढा भएपनि स्थानीय बासिन्दा उपचारको लागि आउने उनको भनाइ छ । उनका अनुसार गत वर्ष बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाहरुको संख्या २ सय भन्दा छन् ।  भने होेम डेलिभरीको संख्या ३३ जना छन् । 

घरमा बच्चा जन्मिएका आमा र बच्चाको स्वास्थ्य हेरचाहको लागि गाउँपालिकाको १०२ मा फोन आउने र सोहीबाट  आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न सिएमसी भिजिट गर्ने गरेको संयोजक ठगुन्नाले जानकारी दिए । चालूआर्थिक वर्षमा वर्थिङ सेन्टरमा ४० जनाले बच्चा जन्माएका छन् ।

उनका अनुसार गाउँपालिकामा हाल ६ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।