close

थप ४१ जना स्वास्थ्यकर्मी भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

थप ४१ जना स्वास्थ्यकर्मी भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

Trulli
ADVERTISEMENT

काठमाडौं- भुकम्प प्रभावित जाजरकोट र रुकुमका लागि वीर अस्पतालबाट ४१ जना स्वास्थ्यकर्मीको टोली प्रस्थान गरेको छ।

हाडजोर्नी, एमडिजिपी, पारामेडिक्स, नर्स लगायतको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

नेपाली सेनाका १६ जना, वीर अस्पतालका ६, नेपाल प्रहरीका ११ जना र सशस्त्रका ८ जनाको स्वास्थ्यकर्मीको टोली आवश्यक मेडिकल सामग्री लिएर हेलिकोप्टरमार्फत जाजरकोट गएका हुन् । यसअघि प्रधानमन्त्रीको साथमा १६ चिकित्सक गइसकेका छन् ।