close

दुर्गाथलीमा शून्य हाेम डेलिभरी

दुर्गाथलीमा शून्य हाेम डेलिभरी

Trulli
ADVERTISEMENT

बझाङ– दुर्गाथली गाउँपालिकामा हाेमडेलिभरीकाे संख्या शून्य पुगेकाे छ । गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै हाेमडेलिभरीकाे संख्या शून्य भएकाे हाे । 

गाउँपालिकाकाे अनुसार हाेम डेलिभरी शून्य गर्नका लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।  गाउँपालिकाले गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक बमबहादुर भण्डारीले पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार गाउँपालिकामा दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । 

उनका अनुसार पालिकाभित्र सात वटा वडा रहेका छन् । सबै वडाका बर्थिङ सेन्टर र ४ वटा सामुदायिक स्वास्थ्य इकाईमा पनि सुत्केरी हुन आउने गरेको भण्डारीले बताए ।

भौगोलिक विकटताको कारणले बर्थिङ सेन्टरसम्म आउन सबैभन्दा टाढाको बस्ती वडा नं। ६ मा रहेको छ । आधा घण्टाको पैदलमा त्यो बस्तीबाट बर्थिङ सेन्टरसम्म आउन लाग्छ । घरमा बच्चा जन्माए  स्वास्थ्य जोखिम हुने जनचेतना गर्भवतीमा भएकाले घरमा बच्चा जन्माउने गर्भवतीहरुको कम भएका भण्डारीले बताए । गत वर्षमा १२५ ले बर्थिङ सेन्टरमा बच्चा जन्माएका थिए ।