close

११ स्वास्थ्य चौकीमा चार महिनादेखि सिटामोल अभाव

११ स्वास्थ्य चौकीमा चार महिनादेखि सिटामोल अभाव

Trulli
ADVERTISEMENT

बैतडी- सिगास गाउँपालिका वडा नम्बर १ जुकेपानीस्थित आधारभूत स्वास्थ्य केन्द्र स्वास्थ्यकर्मी विहीन रहेको छ । स्थानीयका अनुसार स्वास्थ्यकर्मी लामो समय बिदामा बस्दा समस्या छ । 

गाउँपालिकाका जन स्वास्थ्य निरीक्षक भिमसिंह ऐरले जुकेपानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सविना कार्कीको घर टाढा भएको हुँदा नखुलेको स्वीकार गरे । कार्कीको घर भोजपुर हो । 

साथै गाउँपालिकाभर आजकल सिटामोलसमेत अभाव भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद प्रक्रियामा लैजान नसक्दा सिटामोल पुग्न नसकेको ऐरको भनाइ छ ।

स्थानीय तहमा औषधि खरिदका लागि स्वास्थ्य शाखा प्रमुखले सिफारिस गरेपछि प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गर्नुपर्छ । त्यसपछि मात्र औषधि खरिदका लागि क्वाटेसन प्रक्रियामा जाने व्यवस्था छ ।

गाउँपालिकाका अनुसार औषधि अभाव भएको ४ महिना पूरा भइसकेको छ । साउनदेखि नै औषधि खरिद थर्न नपाएको गाउँपालिकाले उल्लेख गरेको छ ।