close

एउटै पालिकाभित्र ९५४ कुपोषित बालबालिका भेटिएपछि...

एउटै पालिकाभित्र ९५४ कुपोषित बालबालिका भेटिएपछि...

Trulli
ADVERTISEMENT

सुनसरी– दुहबी नगरपालिकामा कुपोषित बालबालिका धेरै भएपछि  उपचार गरी न्यूनीकरण अभियाननै चलाएको छ । नगरपालिकाले एक महिनामा पालिकाका विभिन्न ५२ स्थानमा पोषण सत्र सञ्चालन गरेर कुपोषित बालबालिकाको खोजी गरेको नगरपालिकाले जनाएको छ । 

पोषण सत्रमा २ वर्ष मुनिका सबै बालबालिकाको तौल मापन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्जेश्वरप्रसाद महतोले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाभित्रका ९५४ जना कुपोषित बालबालिका फेला परेको थियो । 

कुपोषित बालबालिकामध्ये अति शिघ्र कुपोषण १२८ जना बालबालिकामा देखिएको थियो भने बाँकी ८२६ जना बालबालिकामा मध्यम शिघ्र कुपोषण देखिएको थियो । ती बालबालिकाको पहिचारपछि उपचार गरेर निको बनाइएको उनले पालिकाखबरलाई जानकारी दिए । 

कुपोषित बालबालिका कम गर्न गर्भवती आमाको समेत पोषण आहारमा नगरपालिकाले ध्यान दिएको छ । उपमेयरसंग सुत्केरी आमा कार्यक्रमअन्तर्गत पोषण आहार कार्यक्रमबाट ६४० जना सुत्केरी आमा लाभान्वित भएको प्रमुख शाहले बताए । 

प्रमुख शाहका अनुसार नगरपालिकामा पूर्णखोप सुनिश्चित गरिएको छ । हाल २ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोपको मात्रा पाएको उनले जानकारी दिए ।  नगरपालिकाले सुरक्षित मातृत्वको लागि पनि विशेष ध्यान पुर्‍याएको उनले बताए । उनले भने, ‘गर्भावस्थामा सतप्रतिशत आमाहरु कम्तीमा एकपटक स्वास्थ्य संस्थामा गर्भजाँच गर्न पुगेका छन् । ८४ प्रतिशत गर्भवती महिलाले ४ पटक गर्भजाँच गराएको प्रमुख शाहले बताए ।’

आर्थिक वर्ष २०७९/८० को वार्षिक सूचाङ्क सर्वेक्षणबाट जिल्लाको १२ वटा पालिकामध्ये दुहबी नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको उनले बताए । नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम, पोषण वितरण तथा कुपोषण नियन्त्रण, खोप, सुरक्षित मातृत्वलगायत दिगो विकास लक्ष्यमा आधारित कार्यक्रम सञ्चालन गरेरै जिल्लाको उत्कृष्ट भएको उनले बताए । 

उनको अनुसार पालिकाका ३३ हजार ७४४ स्वास्थ्य बीमामा जोडिएका छन् । ८ हजार ८२६ परिवारले बीमा गरिएको उनले बताए । अति विपन्न तथा विपन्न परिवारको बीमा गर्न भने नगरपालिकाले सहुलियत उपलब्ध गराएको उनले जानकारी दिए । स्वास्थ्य बीमामा उनीहरुलाई १५ सयदेखि २५ सय रुपैँयासम्म अनुदान दिइएको हो । स्वास्थ्य बीमाबाट पालिकाबासीको उपचारको लागि १५ श्ययाको आधारभूत अस्पताल सञ्चालन आएको उनले जानकारी दिए । 

यस्तै नगरपालिकाले मोतीबिन्दुको समस्या भएका ४२५ जना बिरामीको शल्यक्रियासहितको नि:शुल्क उपचार गरेको शाहले बताए ।