close

निर्माण भएको डेढ वर्ष भइसक्ला पनि नगर अस्पताल सञ्चालनमा आएन

निर्माण भएको डेढ वर्ष भइसक्ला पनि नगर अस्पताल सञ्चालनमा आएन

Trulli
ADVERTISEMENT

सर्लाही- हरिपुर्वा नगरपालिका– २ मा निर्मित १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गरेका सो अस्पताल निर्माण भएको डेढवर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।

अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर पनि सेवा लिन अन्यन्त्र जानुपरेको हरिपुर्वावासी रामविनय यादवले गुनासो गरे । उनका अनुसार सामान्य बिरामी पर्दासमेत उपचारका लागि लालबन्दी, मलङ्गवा, बर्दिवास, जनकपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता छ ।

निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेका जग्गादाता साहले बताए । राजनीतिक विवादले नगर अस्पताल भवन निर्माण हुन करिब १० वर्ष लागेको थियो भने निर्माण भएपछि पनि सञ्चालन हुनसकेको छैन ।

अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेमाथि दुर्व्यवहार गरिएकाले अस्पताल सञ्चालनमा आउन समय लागेको नगरप्रमुख विनोदकुमार साह तेलीले बताए ।