close

सिमकोटका घर-घरमा गाडिएको रातो र निलो झण्डाले के अर्थ राख्छ ?

सिमकोटका घर-घरमा गाडिएको रातो र निलो झण्डाले के अर्थ राख्छ ?

Trulli
ADVERTISEMENT

हुम्ला- सिमकोट गाउँपालिकाले कतै रातो झण्डा त कतै निलो झण्डा गाडेका छन् । सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक नरबहादुर भण्डारीका अनुसार आमा तथा शिशुको पोषण अवस्था सुधारमा सघाउने उद्देश्यका साथ निलो झण्डा राख्ने कार्यक्रम ल्याइएको हो । 

गर्भवती महिलाका घरमा नीलो झण्डा राखिएको छ । गाउँपालिकाले ८ वटै वडाका स्वास्थ्य संस्थामार्फत दसैँ र तिहारका बीचमा गर्भवती महिलाको घरमा निलो झण्डा वितरण गरेको उनले जानकारी दिए । ‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुने र सो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान उनले बताए । पालिकाभित्र हाल  ११० जना गर्भवती छन् । 
उनका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै, १४ कुपोषित बालबालिकाको घरमा रातो झण्डा गाडेको छ । गाउँपालिकाले स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा कुपोषण पहिचान गरी उनीहरूको शिघ्र उपचारका लागि यस्तो गरेको हो । 

गाउँपालिकाभित्र बस्तीस्तरीय अनुगमनको क्रममा दुई जना बालबालिकामा कुपोषण देखिएपछि यस्तो गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका स्वास्थ्य शाखाकी सहसंयोजक बसन्ती रावतका अनुसार  कडा शीघ्र कुपोषण देखिएमा सो घरमा रातो रङ्गको झण्डा गाड्ने कार्य गरिएको हो । पालिकामा कुपोषण पहिचान कार्यक्रम लागु भएपछि १४ बालबालिकामा शीघ्र कुपोषण देखिएको उनले जानकारी दिइन् ।