close

खैरहनीमा क्यान्सर परीक्षण शिविर

खैरहनीमा क्यान्सर परीक्षण शिविर

Trulli
ADVERTISEMENT

चितवन- खैरहनीमा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने शिविर सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित चैनपुर स्वास्थ्य चौकीमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, अबस्ट्रेटिक फिस्टुला र आङ्ग खस्ने समस्याको पहिचान तथा व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर गरिएको हो । 

वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा खैरहनी नगरपालिकाले शिविरको आयोजना गरेको नर्सिङ निरीक्षक विनिता पौडेलले जानकारी दिइन् । उनका अनुसार सोमबारदलेखि सुरु भएको शिविर ४ दिनसम्म चल्नेछ । 

गाँउघरका महिलाहरुको सहजताको लागि नगरपालिकाभित्रै क्यान्सरको स्क्रिनिङ शिविर राखिएको नगरपालिकाका नगरप्रमुख नगर प्रमुख शशिकुमार खनियाँले बताए ।