close

ईश्वरपुरमा आयोजित आँखा शिविरबाट ४०८ जनाको शल्यक्रिया

ईश्वरपुरमा आयोजित आँखा शिविरबाट ४०८ जनाको शल्यक्रिया

Trulli
ADVERTISEMENT

सर्लाही- ईश्वरपुरमा आयोजित बृहत् आँखा स्वास्थ्य शिविरमा ४०८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

ईश्वरपुर नगरपालिका– ६ स्थित नगर अस्पतालपरिसरमा रहेको आँखा उपचार केन्द्रमा शिविर आयोजना गरिएको हो । शिविर  चार दिनसम्म चलेको थियो । 

मोतिबिन्दुका बिमारीको बयलवासस्थित नगर अस्पतालमा शल्यक्रिया गरिएको ईश्वरपुर स्वास्थ्य शाखाले जनाएको हो । शिविरमा भरतपुर आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ चिकित्सक पुष्पा गिरीको नेतृत्वको टोली खटिएका थिए ।