close

चाँगुनारायणमा कटन क्याण्डी बेच्न रोक

चाँगुनारायणमा कटन क्याण्डी बेच्न रोक

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बेच्न रोक लगाएको छ । 

बालबालिकालाई लक्षित गरी खुला रुपमा बेचिने कटन क्यान्डीको नमूना खाद्या प्रविधि तथा गण नियन्त्रण विभागमा परीक्षण गर्दा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको भन्दै नगरपालिकाले आफ्नो क्षेत्रभित्र बेच्न रोक लगाएको सूचनामार्फत उल्लेख गरेको छ । 

गुणस्तर नभएका क्याण्डी बेचबिखन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ,‘...उक्त अखाद्य वस्तु (रङ्ग) सम्वन्धमा अनुमति लिएका तथा लेवल भएका वाहेकको बिक्रीवितरणमा रोक लगाईएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशितगरिएको छ ।’

खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ । क्याणडीमा पाइने रङ्ग खाँदा तत्कालै पनि समस्या देखिन सक्ने खाद्यविज्ञको भनाइ छ ।