close

पहिलो एम्बुलेन्स सञ्चालनमा ल्याउँदै छिन्नमस्ता

एम्बुलेन्स खरिदकाे लागि २४ लाख रुपैयाँ बजेट

पहिलो एम्बुलेन्स सञ्चालनमा ल्याउँदै छिन्नमस्ता

एम्बुलेन्स खरिदकाे लागि २४ लाख रुपैयाँ बजेट

Trulli
ADVERTISEMENT

सप्तरी - छिन्नमस्ता गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गरी एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउन लागेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख मदनेश्वर चौधरीका अनुसार पालिकाले एम्बुलेन्स खरिदको लागि २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकामा हालसम्म एम्बुलेन्स नभएकाले पहिलो पटक सञ्चालनमा ल्याउन लागेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा हालसम्म संस्थागत तथा निजी एम्बुलेन्सले स्थानीय बासिन्दालाई एम्बुलेन्सको सेवा दिँदै आएको उनको भनाइ छ । गाउँपालिकाले वडा नम्बर एक स्थित रायपुर स्वास्थ्य चौकीलाई प्राथमिकतामा राखी एम्बुलेन्स सञ्चालनमा ल्याउने छ । 

सो स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको र पालिकाको केन्द्रमा पर्ने भएकाले प्राथमिकतामा राखेको उनले सुनाए । एम्बुलेन्स सञ्चालनमा आएसँगै अन्य वडाको स्वास्थ्य संस्थामा आवश्यकता अनुसार सेवा दिइने छ । 

एम्बुलेन्स खरिदको लागि गाउँपालिकाले सूचना जारी गरेको छ । सोबाट एउटा सप्लायर्सले आवेदन दिएको र खरिद पक्रिया अगाडि बढाउने उनले सुनाए । एम्बुलेन्स सञ्चालनमा आएसँगै आवश्यक कार्यविधि बनाएर केही शुल्क तोकेर स्थानीय बासिन्दालाई सेवा दिने उनले बताए ।