close

खोजेर खोप दिने अभियान तीव्र

खोजेर खोप दिने अभियान तीव्र

Trulli
ADVERTISEMENT

पर्सा- धोबिनी गाउँपालिकाकाले गाउँपालिकालाई पूर्णखोप घोषणा गर्ने अभियानलाई तीव्र बनाएको छ । गाउँपालिकाले यही माघ २८ गते घोषणा गर्न लागेको हुँदा अभियानलाई घरदैलोको रुपमा तीव्र बनाएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख संजयकुमार यादवका अनुसार अशिक्षा र जनचेतनाका कारण बालबालिकाहरू खोपबाट बञ्चित रहेका छन् । स्वास्थ्य चौकी आउनेले त्यहीबाट नियमित सेवा लिए पनि आउन नचाहनेलाई पालिकाले घरघरमै पुगेर खोप दिइरहेको छ । 

गाउँपालिकाले गत माघ ५ गतेदेखि ‘खोजेर खोप दिने अभियान’ नामकरण गरी घरदैलो तीव्र बनाएको स्वास्थ्य शाखा प्रमुख यादवको भनाइ छ । गाउँपालिकामा ५ वर्षमुनिका ५८५ बालबालिकामध्ये ९६ प्रतिशतलाई लगाइएको छ भने माघ २४ गतेसम्म यो अभियान सञ्चालन हुनेछ । 

गाउँपालिका खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । धोबिनी गाउँपालिकाको समन्वय बैठकमा गाउँपालिका अध्यक्ष मदन चौहान, प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह, स्वास्थ्य शाखा प्रमुख सञ्जय यादव, स्वास्थ्य संस्थाका प्रमुख एवं स्वास्थ्यकर्मीलगायत सरोकारवालाको सहभागिता थियो ।