close

आँखा शिविरबाट दुई हजार ७९२ जनाले सेवा लिए

आँखा शिविरबाट दुई हजार ७९२ जनाले सेवा लिए

Trulli
ADVERTISEMENT

सर्लाही- बागमती नगरपालिकाले विभिन्न १२ स्थानमा संचालन गरेको नि:शुल्क आँखा शिविरबाट दुई हजार ७९२ जनाले सेवा लिएका छन् । 

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा बागमती नगरपालिकाले संचालन गरेको निःशुल्क आँखा परीक्षण शिविरमा त्यति ठूलो संख्यामा आँखाको रोग भएका बिरामीले लाभ लिएका हुन्‌ ।

बागमती नगरपालिकाले स्थानीय आयोजक भएर बसबरिया गाउँपालिकाको मानपुर स्वास्थ्य चौकी, हरिपुर नगरपालिकाको जानकीनगर स्वास्थ्य चौकी, बरथहवा नगरपालिकाको सामुदायिक भवन हजरिया, छिमेकी जिल्ला रौतहटको आधारभूत विद्यालय मंगलपुर, बागमती नगरपालिकाको जनजागृति आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय जनता नमूना माध्यमिक विद्यालय र जनकल्याण आधारभूत विद्यालय तथा हरिवन ६ को वडा कार्यालय घुर्कौलीमा लगायत १२ स्थानमा स्क्रिनिङ गरिएको थियो । 

गाउँपालिका सिनिअर अहेव आनन्द मोहन झाका अनुसार ती १२ स्थानबाट छनौट भएका ३८१ जनाको मोतिया विन्दुको शल्याक्रिया गरिएको छ । मोतिया विन्दु देखिएका बिरामीलाई जनता नमूना माध्यमिक विद्यालय बागमती-५, सोल्टीमा 
निःशुल्क गरिएको गाउँपालिकाले जनाएको छ ।