close

निः शुल्क स्वास्थ्य शिविर सञ्चालन

निः शुल्क स्वास्थ्य शिविर सञ्चालन

Trulli
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाको समन्वयमा निः शुल्क स्वास्थ्य शिविर म‌‌गलबार सञ्चालन गर्ने भएको छ । शैल्यशिखर नगरपालिकाको आयोजनामा हुने एक दिने निःशुल्क स्वास्थ्य शिविरलाई गाउँपालिकाले समन्वय गर्ने छ ।

शैल्यशिखर नगरपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत पुस्करसिंह धामीले बताए । 

उनकाअनुसार गाउँपालिकाको समन्वयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरी विभिन्न रोगको बारेमा सेवा लिन सकिने छ । जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, मुटु रोग र छाला तथा यौन रोग सम्बन्धि चेकजाँच गर्न सकिने प्रमुख प्रशाकीय अधिकृत धामीले पालिकाखबरलाई बताए ।

विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर माघ २३ गते गोकुलेश्वर मा.विमा सञ्चालन गरिने उनले बताए ।