close

माघ २५ र २६ गते कोभिड १९ फाइजर खोप

माघ २५ र २६ गते कोभिड १९ फाइजर खोप

Trulli
ADVERTISEMENT

सुुनसरी - भोक्राहा नरसिंह गाउँपालिकाले कोभिड १९ फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले माघ २५ र २६ गते खोप सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाबाट सो खोप कार्यक्रम सञ्चालन हुने गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजक हिरालाल साहले बताए । गाउँपालिकामा हाल ८ वटा स्वास्थ्य चौकी सञ्चालमा रहेको छ । उनका अनुसार खोप कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक तयारीको कार्य हुँदै आएको छ । 

खोप कार्यक्रमका लागि गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीबाट एक हजार २०० भ्याक्सिन आउने उनले पालिकाखबरलाई सुनाए । खोप कार्यक्रमको लागि अन्य सामग्री आए पनि भ्याक्सिन माघ २४ गते मात्रै पालिकामा आइ पुग्ने उनले जानकारी दिए । 

आफूहरुले खोप कार्यक्रमको लागि दुई हजारभन्दा बढी भ्याक्सिन माग गरेको उनले बताए । आवश्यकताको आधारमा आवश्यक भ्याक्सिनको व्यवस्थापन हुने उनको भनाइ छ । 

गाउँपालिका सदरमुकामबाट नजिक भएकाले खोपको व्यवस्थापन गर्न सहज हुने उनले सुनाए । उनका अनुसार गाउँपालिकामा जोनसोन खोपको बढी माग रहेको छ । 

गाउँपालिकाले लामो समयदेखि खोप कार्यक्रम सञ्चालन गर्दै आए पनि सबै स्थानीयले लगाउन नपाएको उनले बताए । खोपप्रति स्थानीय बासिन्दाको चासो कम भएको र आवश्यक परेको बेलामा मात्रै माग गर्ने भएकोले सबैले खोप नलगाएको उनको भनाइ छ । 

खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना आदानप्रदान गर्दै आएको उनले बताए । गाउँपालिकामा गत चैत १२ देखि २६ गतेसम्म सञ्चालित खाेप कार्यक्रमबाट एक हजार ३६० जनाले काेभिड १९काे खाेप लगाएका थिए । 

गाउँपालिका खुल्ला सिमाना भएकाे र छिमेकी स्थानीय तहबाट खाेप लगाउनकाे लागि आउन सक्ने उनकाे अनुमान छ ।