close

आँखा शिविरमा १६४ जनाको नि:शुल्क शल्यक्रिया

आँखा शिविरमा १६४ जनाको नि:शुल्क शल्यक्रिया

Trulli
ADVERTISEMENT

बारा- बारागढी गाउँपालिकाको आयोजनामा गत आइतबारदेखि नि:शुल्क आँखा शिविर जारी छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाले आयोजनामा भएको शिविरमा किरण आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा दिइरहेका छन् । 

स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश चाौधरीका अनुसार आइतबारदेखि आजसम्म १६४ जनाको मोतिया विन्दुको नि:शुल्क शल्यक्रिया गरिएको छ । त्यस्तै ३८३ जनाले आँखा परीक्षइ गरनएका स्वास्थ्य शाखाले जनाएको छ । 

आइतबार  पालिकाका अध्यक्ष अशोक कुमार जयसवाल, उपाध्यक्ष लक्ष्मी देवी राय र प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले आ-आफ्नो आँखा जाँच गराई उदघाटन गरेका थिए । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सी शिविरको लागि १० लाख विनियोजन गरेको थियो । सोही बजेटबाट गाउँपालिकावासीलाई आफ्नै पालिकामा अप्रेशनसहितको सेवा दिइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले आयोजना गरेको सो शिविरमा किरण आँखा अस्पतालका डा. रुपेश यादव र डा हेमन्त यादवलगायतका चिकित्सकहरू शल्यक्रियामा संलग्न छन् ।