close

खैरहनीको ३ स्थानमा आयुर्वेद स्वास्थ्य शिविर : ६०२ जना लाभाम्बित

खैरहनीको ३ स्थानमा आयुर्वेद स्वास्थ्य शिविर : ६०२ जना लाभाम्बित

Trulli
ADVERTISEMENT

चितवन- मंगलबार खैरहनी नगरपालिकाको आयोजनामा वडा नम्बर-८ को कार्यालयमा एकदिने आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भोजराज खनालका अनुसार चालु आर्थिक वर्ष ०८०/०८१ को स्वीकृत तीन लाख ५० हजार बजेटबाट विभिन्न ४ स्थानमा शिविर आयोजना गर्ने क्रममा तेस्रो शिविर मंगलबार सम्पन्न भएको हो । 

मंगलबार वडा नम्बर-८ मा सम्पन्न शिविरबाट १९० जना लाभाम्बित भएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसअघि गत माघ २१ गते वडा नम्बर- १० मा भएको नि:शुल्क शिविरबाट २७२ जनाले सेवा लिएका थिए ।

त्यस्तै गत माघ ९ गते वडा नम्बर-२ मा सम्पन्न भएको पहिलो शिविरबाट १४० जनाले सेवा लिएका थिए । कुल ३ स्थानमा गरी ६०२ जना लभाम्बित भएका छन् । त्यस्तै यही माघ २९ गते वडा नम्बर १३ मा आयोवजन गर्ने नगरपालिकाको योजना छ ।