close

महाङ्कालमा कटन क्याण्डी बेच्न नपाइने

महाङ्कालमा कटन क्याण्डी बेच्न नपाइने

Trulli
ADVERTISEMENT

ललितपुर- महाङ्काल गाउँपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बेच्न रोक लगाएको छ । 

बालबालिकालाई लक्षित गरी खुला रुपमा बेचिने कटन क्यान्डीको नमूना खाद्य प्रविधि तथा गण नियन्त्रण विभागमा परीक्षण गर्दा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको भन्दै गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बेच्न रोक लगाएको सूचनामार्फत उल्लेख गरेको छ । 

गुणस्तर नभएका क्याण्डी बेचबिखन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ,‘ गाउँपालिका क्षेत्रभित्र सञ्चालित पसल तथा व्यापार व्यवसायीले उल्लेखित बस्तु बिक्रीको अनुमति लिएका तथा लेवल भएका वाहेकको बिक्रीवितरणमा नगर्नू/नगराउन हुनका साथै आम उपभोक्तालाई यस्ता अखाद्य बस्तु उपभोग नगर्नुहुन यसै सूचनामार्फत सूचित गरिन्छ ।’

साथै खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न गाउँपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।