close

शहिदभूमीमा स्वास्थ्य चौकीको भवन शिलान्यास

शहिदभूमीमा स्वास्थ्य चौकीको भवन शिलान्यास

Trulli
ADVERTISEMENT

धनकुटा - शहिदभूमी गाउँपालिकाको वडा नम्बर २ को स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । वडा नम्बर २ को साम्बु गाउँमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितमा बिहीबार सो भवनको शिलान्यास गरेको हो । 

वडाध्यक्ष खगेन्द्र राईका अनुसार वडा कार्यालयमा पुरानो तथा जीर्ण भवनमार्फत सेवा सञ्चालन भइरहेकोउले स्वास्थ्य चौकी भवन निर्माण गर्न लागेको हो । भवन निर्माणको लागि चालु आर्थिक वर्षमा ७२ लाख ५२ हजार २४७ रुपैयाँ बजेट विनियोजन भएको उनले पालिकाखबरलाई सुनाए । 

बजेट कम भएकोले भवन निर्माण कार्य क्रमागत रुपमा हुने उनले बताए । सो रकमबाट करिब एक तलाको काम सकिने उनले अनुमान लगाए । बाँकी भवन निर्माणको लागि संघीय सरकारसँग पहल गर्दै आएको उनले जानकारी दिए । 

गाउँपालिकाले सो भवन निर्माणको काठमाडौँको एमकेए निर्माण कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ । भवन निर्माण भएसँगै स्वास्थ्य सेवा सोहीमार्फत हुने छ । 

वडा कायालयले हाल जीर्ण तथा पुरानो भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बाँकी अन्य वडा कार्यालयको स्वास्थ्य चौकीको भवन सामान्य रहेको उनको भनाइ छ ।