close

धनपालथानमा कोरोनाको बुस्टर डोज

धनपालथानमा कोरोनाको बुस्टर डोज

Trulli
ADVERTISEMENT

मोरङ- धनपालथान गाउँपालिकाले कोरोनाविरुद्धको बुस्टर डोजको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले माघ २८ र २९ गते खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अध्यक्ष जिवछप्रसाद गच्छदारका अनुसार पालिकाले वडाभित्रका ७ वटै स्वास्थ्य संस्थामार्फत खोप कार्यक्रम सञ्चालन गरिने छ । खोप कार्यक्रमको लागि गाउँपालिकामा तीन हजार ५०० भ्याक्सिन आउने उनले पालिकाखबरलाई सुनाए । 

सो खोप माघ २७ गते गाउँपालिकामा आउने र स्वास्थ्य संस्थाहरुमा वितरण गरिने उनको भनाइ छ । गाउँपालिकाभित्रका सबै स्थानीय बासिन्दाले कोरोनाको बुस्टर डोज नलगाएकोले खोप कार्यक्रम सञ्चालन गर्न लागेको उनले सुनाए । हालसम्म कुनै बुस्टर डोज नलगाएको तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी खोप लगाउने उनको भनाइ छ ।

सो कार्यक्रमको लागि प्रदेश सरकारबाट अनुदानमा खोप सहयोग गरेको उनले बताए । सो खोप प्रत्येक वडामा ५०० वटाको दरले वितरण गरिने उनले सुनाए ।