close

२३५ सरसफाइकर्मीको स्वास्थ्य परीक्षण

२३५ सरसफाइकर्मीको स्वास्थ्य परीक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं- सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा २३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि निःशुल्क प्रदान गरिएको थियो ।   

जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएन । शिविर सञ्चालनका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र काठमाडौँ इएनटी अस्पताल, पुरानो बसपार्कले प्राविधिक सहयोग गरेका थिए ।