close

दादुरा खोपविरुद्ध विष्णुपुरमा अभिमुखीकरण

दादुरा खोपविरुद्ध विष्णुपुरमा अभिमुखीकरण

Trulli
ADVERTISEMENT

सिराहा - विष्णुपुर गाउँपालिकामा दादूरा विरुद्ध अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । गाउँपालिकामा दादूरा विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्नको लाजि जिल्ला जनस्वास्थ्य कार्यालयले अभिमुखिकरण दिएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक रामसेवक रायका अनुसार कार्यालयले पालिकाभित्रका स्वास्थ्यकर्मीलाई सो तालिम दिएको हो । सो कार्यक्रममा पालिकाभित्रका ५ वटा स्वास्थ्य संस्थाका ३ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार गाउँपालिकामा फागुन १३ गतेदेखि चैत्र गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप  दिने उनको भनाइ छ । सो खोप कार्यक्रम वडा वडामा गएर सञ्चालन गरिने उनले सुनाए । खोप कार्यक्रम खोप केन्द्रमार्फत सञ्चालन गर्ने उनले बताए  । तर हालसम्म पनि खोप केन्द्र छनौट नभएको उनको भनाइ छ । 

खोप कार्यक्रमको लागि गाउँपालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका र खोप केन्दका कर्मचारीलाई तालिम दिइने उनले जानकारी दिए । गाउँपालिकामा हालसम्म दादुराका कुनै पनि  विरामी नभएकाे उनले सुनाए ।