close

४२७ जनाको आँखा जाँच, ६६ जनाको नि:शुल्क शल्याक्रिया गरिने

४२७ जनाको आँखा जाँच, ६६ जनाको नि:शुल्क शल्याक्रिया गरिने

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिकाको विभिन्न स्थानमा गत २ गतेदेखि शुक्रबारसम्म भएको भएको निःशुल्क आँखा शिविरबाट ४०० भन्दा बढी स्थानीयहरू लाभान्वित भएका छन् । 

रोशी गाउँपालिकाको आयोजना फागुन २ गते रोशी– ७ स्थित अमरनाथ प्राथमिक विधालयमा, ३ गते रोशी–११ स्थित भीमखोरी स्वास्थ चौकीमा र ४ गते रोशी २ स्थित वडाकार्यालयमा शिविर संचालन भएको थियो । 

रोशी गाउपालिका स्वास्थ शाखाका सह–संयोजक दिल रत्न शाक्यका अनुसार तीनदिने शिविरमा ४२७ जनाले अँखा परीक्षणक्षण गरेकोमा ६६ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । 

अमरनाथ प्राविमा १४५ जनाको आँखा परीक्षणक्षण गरिएकोमा १२ जनाको अपरेसन गर्नु पर्ने, भीमखोरी स्वास्थ्य चौकीमा १२६ जनाको परीक्षणक्षण गरिएकोमा १६ जनाको अपरेसन गर्नुपर्ने र रोशी–२ को वडा कार्यालयमा १५६ जनाको परीक्षणक्षण गरिएकोमा ३८ जनाको अपरेसन गर्नु पर्ने देखिएको शाक्यले जानकारी दिए । 

शल्याक्रियाका लागि छनौट गरिएकाहरूको नि:शुल्क शल्याक्रिया रेयुकाइ एइको मासुनागा अँखा अस्पताल बनेपामा गरिने सह-संयोजक शाक्यले बताए । उनीहरूलाई आउने जाने यातायातदेखि खाना बस्नको लागिसमेत सुविधा छ । तीन दिने शिविरमा रेयुकाइ एइको मासुनागा अँखा अस्पतालको प्राविधिक सहयोग रहेको गाउँपालिकाले जनाएको छ ।