close

मानसिक बिरामीको सन्दकपुरमा निःशुल्क उपचार

मानसिक बिरामीको सन्दकपुरमा निःशुल्क उपचार

Trulli
ADVERTISEMENT

इलाम - सन्दकपुर गाउँपालिकाले मानसिक समस्याका बिरामीलाई निःशुल्क उपचार सुरु गरेको छ । गाउँपालिकाभित्रका स्वास्थ्यकर्मीलाई मानसिक रोगको उपचारका लागि तालिम दिएसँगै सो कार्यक्रम सुरु गरेको हो । 

गाउँपालिकाको जनस्वास्थ्य निरिक्षक मनोजकुमार धुरझारका अनुसार राष्ट्रिय तालिम परिषद् र युनिटी इन हेल्थ संस्थाको सहयोगमा पालिकाभित्रका पाँच जना स्वास्थ्यका इन्जार्चलाई तालिम दिएको हो । करिब एक सातासम्म सञ्चालित तालिम सकिएसँगै सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । 

निःशुल्क उपचारको लागि आवश्यक औषधीले पालिकाले नै व्यवस्था गर्दै आएको उनले सुनाए । गाउँपालिकाले मानसिक रोगको बिरामीको उपचारसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।