close

लालबन्दीलाई दादुरा रुबेलामुक्त नगर बनाउने अभियान तीव्र

लालबन्दीलाई दादुरा रुबेलामुक्त नगर बनाउने अभियान तीव्र

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिकाले दादुरा रुबेला खोप अभियान तीव्र बनाउने निर्णय गरेको छ । नगर स्वास्थ्य समितिको बैठकका अनुसार आजदेखि अभियान सुरु भएको हो । आज नगरापलिकामा रहेका १५ वटा स्वास्थ संस्थाका प्रमुखहरूलाई अभिमुखीकरण दिइएको छ । 

समितिका अध्यक्ष तथा नगरप्रमुख बासुदेव अधिकारीका अनुसार १२ गतेदेखि खोप लगाउने नियमित कार्यक्रम छ । यो पालि दादुरा रुबेलामुक्त नगर बनाउने योजना रहेको हुँदा प्रभावकारी तरिकाले तीव्र बनाउने र करिब १८ हजार बालबालिकालाई खोप लगाउने नगरपालिकाको लक्ष्य छ । 

दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम यही फागुन २२ गतेदेखि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरप्रमुख अधिकारीका अनुसार नगरपालिकाका १७ वटै वडामा यही फागुन २२ देखि एक हप्ते अधियान सञ्चालन हुनेछ । दोस्रो चरणको अभिमुखीकरणमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेटिनेछ । 

जन्मिएको नौ महिनादेखि माथि र १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने तयारी गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । लालबन्दी नगरपालिका भित्रका कुनै पनि बालबालिका दादुरा रुबेला खोप लाउनबाट नछुटाउने नगरपालिका बनाउने योजना रहेको छ ।

स्वास्थ्य शाखाकाो तथ्यांकअनुसार हाल करिब ४ प्रतिशत बालबालिका खोपबाट बञ्चित रहेका छन् । यस अधियानबाट सबैलाई समेटेर दादुरा रुबेलामुक्त नगर बनाउने नगरपालिकाको योजना छ । आज सम्पन्न कार्यक्रममा नगर उपप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी नगरपालिकाका सबै वडाका वडाध्यक्ष, जनप्रतिनिधिहरु एवम नगरभित्रका स्वास्थ्य कर्मीलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।