close

सोनीकुमारी चौधरी मोरङकै उत्कृष्ट महिला स्वयंसेविका

सोनीकुमारी चौधरी मोरङकै उत्कृष्ट महिला स्वयंसेविका

Trulli
ADVERTISEMENT

मोरङ- धनपालथाल गाउँपालिकाकी महिला स्वास्थ्य स्वयंसेविका प्रदेश सरकारबाट सम्मातिन भएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा कोशी प्रदेशले गाउँपालिकाको वडा नम्बर १ मा कार्यरत सोनीकुमारी चौधरीलाई सम्मानित गरेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका सिनिअर अहेब ऋषि राज सेठका अनुसार चौधरीलाई प्रदेश सरकारले मोरङ जिल्लाबाट उत्कृष्ट राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका छनोट गरी चौधरीलाई सम्मानित गरेको हो । प्रदेश सरकारले चौधरीलाई नगद तथा सामग्रीसहित सम्मान गरेको उनले पालिकाखबरलाई बताइन् । 

उनी २०७७ सालदेखि गाउँपालिकामा कार्यरत रहेको उनको भनाइ छ । प्रदेश सरकारको एक जिल्ला एक उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममार्फत उनलाई सम्मान गरेको हो ।

'सो कार्यक्रम अन्तर्गत जिल्लाका हरेक स्थानीय तहबाट तीन जना छनोट गर्नुपर्ने थियो । जिल्लाका सबै स्थानीय तहबाट ५१ जना महिला स्वयंसेविका सिफारिस भएको थियो । सोमध्ये जिल्ला स्वास्थ्य कार्यालयले तीन जनालाई सिफारिस गरेको मध्ये उनी छनोट भएकी हुन्' उनले पाालिकाखबरसँग भने ।