close

दोर्दीको खोप अभियानमा एक हजार २९ जनालाई खोप लगाउने

दोर्दीको खोप अभियानमा एक हजार २९ जनालाई खोप लगाउने

Trulli
ADVERTISEMENT

लमजुङ– दोर्दी गाउँपालिकाले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले फागुन १३ गतेदेखि १७ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाका ४० वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक आइतमान गुरुङले बताए । उनका अनुसार ९ वटै वडामा यसअघि कायम भएको ३१ र थप कायम गरेको ‍नौ वटा खोप केन्द्रमार्फत खोप लगाइने छ ।

नौ महिनादेखि पाँच वर्ष मुनीका एक हजार २९ जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य गाउँपालिकाले लिएको उनले जानकारी दिए ।

अभियानमा गाउँपालिकामा ३१ जना खोप कार्यकर्ता र ८५ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । खोप अभियानको स्वास्थ्य चौकी प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा साथै जनप्रतिनिधिले अनुगमन गर्ने जनाइएको छ । 

कुनैपनि बालबालिका खोप पाउने अधिकारबाट बञ्चित हुन नहुने बताउँदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दादुरा रुबेलाविरुद्धको खोप अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । अभियानका क्रममा आफ्नो कर्तव्य पालना गर्न स्वास्थ्यकर्मीलगायत सवै कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।