close

गाउँघर क्लिनिक : नजिकैको स्वास्थ्य संस्था

गाउँघर क्लिनिक : नजिकैको स्वास्थ्य संस्था

Trulli
ADVERTISEMENT

उदयपुर - रौतामाई गाउँपालिकाको गाउँघर क्लिनिकले स्थानीय बासिन्दालाई स्वास्थ्य उपचारमा सहज भएको छ । गाउँपालिकाले ग्रामीण भेगको नागरिकलाई मध्येनजर गरी सो सेवाले स्थानीयलाई सहज भएकाे हाे । 

गाउँपालिकाको स्वास्थ्य इकाई प्रमुख राम नारायण चौधरीका अनुसार पालिकाले संघीय सरकारको सर्सत अनुदानबाट गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले प्रत्येक महिनाको एक दिन गाउँघर क्लिनिकबाट स्थानीय बासिन्दालाई सेवा दिँदै आएको उनले पालिकाखबरलाई सुनाए । 

क्लिनिकको लागि गाउँपालिकाले एक जना अनमी र नर्सको व्यवस्थापन गर्दै आएको उनले सुनाए । क्लिनिकमा प्राथमिक उपचार, सुरक्षित मातृत्व, प्रजनन सेवा, परिवार नियोजन, प्रेसर र सुगरलगायत विभिन्न उपचार दिँदै आएको उनको भनाइ छ । क्लिनिकको लागि आवश्यक औषधी तथा सामग्री गाउँपालिकाले नै व्यवस्था गर्दै आएको उनले सुनाए । 

गाउँपालिकामा एउटा सामुदायिक स्वास्थ्य इकाईसहित ९ वटा स्वास्थ्य संस्था भए पनि सेवाको लागि भौगोलिक रुपमा टाढा हुने गरेको उनको अनुभव छ । टाढाका व्यक्तिको उपचारको लागि गाउँपालिकाले क्लिनिकलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ । 

उनका अनुसार गाउँपालिकामा हाल २३ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन् । तीमध्ये अधिकांशको भवन भएको उनले सुनाए  । भवन नभएको क्लिनिकले विद्यालय तथा सामुदायिक भवनबाट सेवा दिँदै आएको उनले जानकारी दिए ।