close

खाँडादेवीमा पीपीआर विरुद्धको खोप सप्ताह

खाँडादेवीमा पीपीआर विरुद्धको खोप सप्ताह

Trulli
ADVERTISEMENT

रामेछाप- खाँडादेवी गाउँपालिकामा बाख्रालाई लाग्ने पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । 

पीपीआर नियन्त्रण तथा रोकथामका लागि सो खोप अभियान सुरु भएको हो । खाँडादेवी गाउँपालिका ५ गोगनपानीबाट सुरु भएको खोप गाउँपालिका सबै वडामा सञ्चालन गरिने गाउँपालिकाका पशु स्वास्थ्य अधिकृत कुमार पाठकले पालिकाखबरलाई जानकारी दिए । 

सो अभियानका लागि सरकारले खाँडादेवी गाउँपालिकालाई १४ हजार भ्याक्सिन उपलब्ध गराएको छ ।  जसबाट हालसम्म गाउँपालिकाका चार हजार ६८६  बाख्रालाई खोप लगाइएको उनले जानकारी दिए । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिएको उनले बताए । 

पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई ज्वरो आएर मर्ने समस्या हुन्छ । खोप नलगाएका बाख्रालाई रोग लागेपछि बचाउन नसकिने उनले बताए । खोप लगाएका बाख्रामा रोग लागे पनि ८० प्रतिशत बाँच्ने सम्भावना हुन्छ । पशु सेवा कार्यालय सिन्धुलीको आयोजना तथा खाँडादेवी गाउँपालिका पशु विकास शाखाको समन्वयमा जारी शिविर फागुन २२ गतेसम्म चल्नेछ ।