close

गन्यापधुराले ५९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

गन्यापधुराले ५९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

Trulli
ADVERTISEMENT

डडेल्धुरा– गन्यापधुरा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । गाउँपालिकाले ५९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो ।

गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई हौसला प्रदान गर्न ९ हजार रुपैयाँ बराबरका सामग्री वितरणका साथै सम्मान गरेको स्वास्थ्य निरीक्षक बासुदेव नौन्यालले बताए ।

स्वंयसेविकालाई हौसला प्रदान गर्न ईन्डक्सन चुलो, कुकर र कराई लगायत सामाग्री वितरण गरेको उनले बताए । गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर कार्कीको आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको पालिकाखबरलाई उनले जानकारी दिए ।