close

लालबन्दीमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

लालबन्दीमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगर अस्पताल डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु गरिएको छ ।

अस्पतालले आवश्यक जनशक्ति र उपकरण जुटाएर सीएस अर्थात्‌ शल्यक्रिया विधिबाट प्रसूति गराउने सेवा सुरु गरेको हो । शनिबार साँझ पहिलो पटक सिरहाको मिर्चैया घरभई सिन्धुलीको क्यानखोलास्थित माइती घरमा बस्दै आएकी १९ वर्षीया चण्डिका मगरको सीएस गरेर प्रसूति गराइएको अस्पतालले जनाएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाको अनुसार मगर नगर अस्पताल लालबन्दीमा प्रसूति गराउन भनी एक सातादेखि लालबन्दीस्थित आफन्तको डेरामा बस्दै आएकी थिइन्‌ । मगरले तीन किलो ४०० ग्रामको शिशु (छोरी) लाई जन्म दिएकी हुन्। 

अस्पतालका इन्चार्ज डा. रायसहित एनेस्थेटिष्ट अनिल कापर, ओटी नर्स बबिता कुमारीसहितको टोलीले नगर अस्पताल लालबन्दीमा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै अब बालरोग विशेषज्ञको व्यवस्था गर्न लागिपरेको बताए ।