close

केराबारीका बालबालिकालाई निःशुल्क प्लाष्टिक सर्जरी

केराबारीका बालबालिकालाई निःशुल्क प्लाष्टिक सर्जरी

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले जन्मिदै ओठ तथा तालु फाटेका बालबालिकालाई निःशुल्क प्लाष्टिक सर्जरी गर्ने भएको छ । गाउँपालिकाले आगामी चैत्र १ गते सो सर्जरी गर्न लागेको हो । 

गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेलका अनुसार गाउँपालिकाको आयोजना र बि एण्ड बि अस्पतालको प्राविधिक सहयोगमा सो कार्यक्रम गर्न लागेको हो । सो शिविर गाउँपालिकाको कार्यपालिका भवनमा हुने उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकामा सो रोग केही स्थानीय बासिन्दामा देखा परेको तर महामारीको रुपमा नभएको उनका भनाइ छ । सो रोगको समयमै उपचार गर्नको लागि शिविर गर्न लागेको उनले सुनाए ।