close

महाशिवरात्रीको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

महाशिवरात्रीको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिका वडा नं ९ स्थित मंगलटार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । 

महाशिवरात्रीको अवसरमा वडा र आसपासका स्थानीय लाभाम्बित होस् भन्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मंगलटार स्वास्थ्य चौकी ले सुचनामार्फत जनाएको हो । 

शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा, हाडजोर्नी विशेषज्ञ सेवा, जनरल मेडिसिन सेवा तथा अन्य बिविध सेवाहरु उपलब्ध छन् । 

निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो आवश्यकता अनुसारको स्वास्थ्य परीक्षण गराउन सम्पुर्ण गाउँपालिकाबासीमा स्वास्थ्य चौकीले अनुरोध गरेको छ ।