close

उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरिने 

उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरिने 

Trulli
ADVERTISEMENT

जुम्ला– उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उत्कृष्ट उद्यमीलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ । दर्ता भएर सञ्चालनमा रहेका लघु, घरेलु तथा साना प्रकारका उद्योग, उद्यमीलाई प्रेरित गर्न सम्मानसहित नगद पुरस्कार दिइन लागेको हो । प्रदेशस्तरीय उत्कृष्ट उद्यमीलाई २ लाख र जिल्लास्तरीय उत्कृष्ट उद्यमीलाई १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । 


सम्मानसहित पुरस्कृत हुन कार्यालयले १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न आह्वान गरेको प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, ‘निवेदनसहित उद्यमीको नागरिकता प्रतिलिपि, उद्योग दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र र ५० लाख रुपैयाँ बढीको कुल पुँजी भएको उद्योगको हकमा लेखा प्रतिवेदन पेस गर्नुपर्नेछ ।’ 


यस्तै, स्थानीय तहको सिफारिस, सम्मान प्राप्त गरे/नगरेको स्व–घोषणापत्र, कालो सूचीमा परे/नपरेको स्व–घोषणापत्र, तालिम प्राप्त गरी उद्योग व्यवसाय सञ्चालन गरेको प्रमाणपत्र, दलित र अपांगता उद्यमीको हकमा प्रमाणित कागजात पनि पेस गर्नुपर्ने प्रावधान छ ।

 

उद्योगमा तालिम प्राप्त जनशक्ति कार्यरत रहेको भए कामदारको तालिम प्राप्त कागजात, इजाजत तथा अनुमतिपत्र लिनुपर्ने र उद्योगको हकमा प्रमाणपत्र नवीकरण भएको हुनुपर्नेछ । 


कर्णाली प्रदेशका जिल्लास्थित कार्यालयबाट छनोट हुने उद्यमीमध्येबाट प्रदेश निर्देशनालयले पुनः छनोट गरी सोमध्येबाट उत्कृष्छ १ उद्यमीलाई छनोट गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख देवकोटाले बताए । उनले भने, ‘पुनः छनोट कार्यबाट उत्कृष्ट हुने उद्यमीलाई प्रदेशस्तरीय उत्कृष्ट उद्यमीको रूपमा पुरस्कृत गरिनेछ ।’