close

कालीकोटको शुभकालिकामा औद्योगिक ग्राम बन्दै

कालीकोटको शुभकालिकामा औद्योगिक ग्राम बन्दै

Trulli
ADVERTISEMENT

कालीकोट–कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष ०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो ।

देशभरका ४ नगरपालिका र २ गाउँपालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिका छन् ।
छनोटमा परेका स्थानीय तहले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख रुपैयाँ बजेट विनियोजन गरी सम्झौता गरेको अध्यक्ष चौलागाईंले बताए ।

‘औद्योगिक ग्रामका लागि जग्गा र त्यसको डीपीआर बनाएर मन्त्रालयमा पठाएपछि औद्योगिक ग्रामका रूपमा छनोट भएको हो,’ उनले भने । औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डीपीआर मन्त्रालयमा पेस गरेको र त्यसैका आधारमा संघीय सरकारले रकम विनियोजन गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, सामान प्रदर्शनी स्थल तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले रकम हस्तान्तरण गरेको छ ।