close

कृषिलाई सम्मानित बनाउन स्थानीय तहमार्फत कार्यक्रम हस्तान्तरण गरिएको छ : कृषिमन्त्री

कृषिलाई सम्मानित बनाउन स्थानीय तहमार्फत कार्यक्रम हस्तान्तरण गरिएको छ : कृषिमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । कृषि तथा पशुपंक्षीमन्त्री मेहन्दराय यादवले कृषि अनुदानसम्बन्धी कार्यक्रम संघीय सरकारबाट सञ्चालनमा नरहेको, र आगामी दिनमा पनि कृषकलाई सोझै अनुदान  दिने कार्यक्रम नभएको बताएका छन् । 

मंगलबार कृषि तथा पशुपंक्षीमन्त्रालयसँग सम्बन्धी माननीयले कृषि अनुदान प्रभावकारी हुन नसकेको, टाठाबाठाले मात्रै अनुदान पाउने गरेको भनी प्रश्न उठेपछि सोको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘म यो जानकारी गराउन चाहन्छु कि मन्त्रालयबाट स्थानीय र प्रदेश सरकारलाई कृषि विकासका कार्यक्रम सञ्चालन सशक्त अनुदानको कार्यक्रम मात्र प्रस्ताव गरिएको छ,’ उनले भने । 

यस्तै, उनले माटो परीक्षण र डिजिटल प्रविधिमार्फत् भूमिको नक्सांकनका लागि तीनवटै तहका सरकारसमक्ष कार्यक्रम प्रस्ताव गरिएको बताए । 

उनले भने, ‘कृषि पेसालाई सम्मानित पेसाको रुपमा स्थापित गर्दै कृषि पेसालाई प्रविधिमैत्री, यान्त्रीकृत युवा वर्गलाई आकर्षित गर्न प्रदेश र स्थानीय तहमार्फत कार्यक्रम हस्तान्तरण गरिएको छ ।’

यस्तै, उनले उत्पादन सामग्री समयमै उपलब्धता बनाइ कृषिलाई सामान्य नाफामूलक र प्रविधिमैत्री व्यवसायको रुपमा स्थापित गर्दै युवालाई आकर्षित गरी बाँझो जमिनको सदुपयोग र चक्लाबन्दी र कृषि यान्त्रीकरण र व्यवसायी गर्न प्रभावकारी बनाउन कार्यक्रम अघि सारिएको बताए ।