close

नगरपालिकाभित्र झोलुंगे पुल बनाउन सिफारिस

नगरपालिकाभित्र झोलुंगे पुल बनाउन सिफारिस

Trulli
ADVERTISEMENT

लमजुङ - लमजुङको बेसीसहर नगरपालिकाले नगरभित्र ९ वटा झोलुंगे पुल निर्माणका लागि गण्डकी प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।


नगरपालिका भित्र पुलनिर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

 

उनका अनुसार मस्र्याङ्दी नदीमा ३ र अन्यमा ६ वटागरी ९ वटा झोलुंगे पुलको सिफारिस गरिएको छ । मस्र्याङ्दी नदीमाथि बनाउन सिफारिस भएका झोलुंगे पुलहरूमा बेसीसहर–८ मलामी चौर, बेसीसहर– १० बाँझाखेत, बेसीसहर– ६ चनौटे, बेसीसहर–१० आपुखेत र बेसीसहर–१, उदीपुर–बेसीसहर–११ रामचोकबेसी जोड्ने झोलुंगे पुलरहेका छन् । 

 

त्यसैगरी बेसीसहर–९ दिहीथोक र बेसीसहर–५ ज्यार्खाङ जोड्ने डुडेखोला, बेसीसहर–७ तल्लोसाम्दी र मैयु जोड्ने पुवाखोला, बेसीसहर–६ को कान्ले र सेरा जोड्ने भलामखोला, बेसीसहर–११ के रिठ्ठेबगर, सोही वडाको कार्कीडाँडा र तिलाहार जोड्ने ध्वाँखोलामा  र बेसीसहर–६ बेलौती बिसौनाका लागि झोलुंगे पुलनिर्माणका लागिप्रदेश सरकारलाई  सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।


स्थानीयतहमा झोलुंगेपुलको आवश्यकता हेरी सिफारिस गर्न प्रदेश सरकारले प्रस्ताव आह्वान गरेपछि आवश्यक रहेका स्थानको पहिचान गरी प्रदेशमा सिफारिस गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले चालूआर्थिक वर्षका लागि विनियोजित बजेटबाट लागत साझेदारीमा विभिन्न योजना अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुष्पराज पौडेलले जानकारी दिए । यस्तै, नगरपालिकाले पर्यटकीय  पूर्वाधार निर्माणका लागि मापदण्ड निर्धारण गरेको उनले बताए ।

 

निर्धारित मापदण्डअनुसार योजना पर्यटन पूर्वाधारको क्षेत्रमा योगदान पु¥याउने खाले हुनुपर्ने, पर्यटकीय गाउँका अधिकतम घरपरिवारलाई फाइदा हुनुपर्ने, विनियोजित रकम ५ लाखमध्ये कम्तीमा ३ लाख ५० हजार (७० प्रतिशत) सामुदायिक पूर्वाधारमा र बढीमा १ लाख ५० हजार (३० प्रतिशत) होमस्टे घरका कोठाको स्तरोन्नतिमा खर्च गर्नुपर्ने, नगर कार्यपालिकाको बैठकबाट स्वीकृत हुनुपर्ने मापदण्ड तय गरिएको पौडेलले बताए ।