close

निर्माण व्यवसायीको लापरवाही : राराको टर्मिनल भवन बर्सौंदेखि अलपत्र

निर्माण व्यवसायीको लापरवाही : राराको टर्मिनल भवन बर्सौंदेखि अलपत्र

Trulli
ADVERTISEMENT

निर्माण व्यवसायीको लापरवाही ः राराको टर्मिनल भवन बर्सौंदेखि अलपत्र

मुगु  लामो समयदेखि रारा विमानस्थलको ट्रस टर्मिनल भवन अलपत्र अवस्थामा छ । पाँच वर्षदेखि उक्त टर्मिनल नबन्दा उडान प्रभावित हुँदै आएका छन् । २०७८ सालमा मै निर्माण सम्पन्न हुनुपर्ने प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौतामा उल्लेख छ । उक्त  भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनको लापर्बाहीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ । 

टर्मिनल भवन निर्माणका लागि सम्झौताको समय सकिए पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीयको आरोप छ । ओमबुद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ असोज १६ मा ३० महिनाभित्र सम्पन्न हुने गरी प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौता भएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जानकारी गराएको छ । 

उक्त भवनको काम आठ करोड ६५ लाख नौ हजार ९९४ रुपियाँ लागतमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो । हालसम्म आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । चालु आवको असोज मसान्तसम्म सम्पन्न हुने गरी म्याद थप गरिएको छ । 

रारा विमानस्थलमा समयमै टर्मिनल भवन सम्पन्न नहुँदा आउजाउ गर्ने यात्रुलाई घामपानी र हावाहुरी लागेका बखत ओत लाग्नेसम्म ठाउँ पनि छैन । ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनका सञ्चालक भने भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताउँछन् । चालु आवको असोज मसान्तसम्मका लागि म्याद थपिएको तर उक्त अवधिमा पनि काम सकिने सम्भावना छैन ।