close

कर्णालीवासी अझै पनि तुईनमै (भिडियो खबर)

तुईनबाटै मोटरसाईकलमा वारपार गर्छन् मुगुका कर्मचारी 

कर्णालीवासी अझै पनि तुईनमै (भिडियो खबर)

तुईनबाटै मोटरसाईकलमा वारपार गर्छन् मुगुका कर्मचारी 

ADVERTISEMENT

मुलुक संघीयतामा गएसँगै स्रोत र विकास तल्लो तहसम्म पुग्नेमा धेरैको आशा थियो । अझ प्रधानमन्त्री बनेलगत्तै केपी ओलीले भनेका थिए, ‘तुईन विस्थापित गर्छु ।’ उनको पहिलो निर्णय नै त्यहि थियो । यतिबेला त्यो निर्णय त्यही पानामै सिमित भएको आरोप कर्णालीवासीको छ ।  

 

कर्णालीवासी सम्झन्छन्, ‘जनतालाई नुनदेखि सुनसम्मको धाक देखाउँथे तर अहिले नमस्कार नेताज्यु भन्दा टाउको मोडेर हिड्ने गरेका छन्, जुन जोगि आएनी कानै चिरेका ।’

 

कर्णालीका थुप्रै कथा छन् । दुःखका कथा । पीडाका कथा । 

 

यस्तै एउटा कथा कर्णालीको विकट हिमाली जिल्ला मुगुको । ठेक्का सम्झौता अनुसार २०७३ सालमै बन्नुपर्ने पुल अहिलेसम्म बनेको छैन । हुम्ला र मुगु जोड्ने सो पुल निर्माण व्यवसायीको लापरवाहिका कारण हालसम्म निर्माण हुन सकेको छैन । जसले कर्णालीवासीलाई दिएको थप पीडा असख्य छन् । 


प्रधानमन्त्रीको तुईन विस्थापित गर्ने अभियानबारे समाचार पढेर खुशी भएका कर्णालीवासी अहिले पनि तुईनकै भरमा छन् । 

 

पुल नबन्दा तुईनकै भरमा खाद्यान्न ओसार्नु सामान्य होला । जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु मोटरसाईकल पनि तुईनबाटै वारपार गर्छन् । नापी कार्यालय मुगुका कर्मचारी हरिहर चौलागाईँले मोटरसाइकलमा चढेर तुइनबाट कर्णाली नदी वारपार गरेरै भएपनि जग्गा नाप्न गाउँ पुग्ने गरेको बताए ।  

 

उनले भने, ‘जनताका सेवाका लागि तुईनमै भएपनि वारपार गर्नुपरेको छ ।’  

 

तुईनमै पुस्तौं गुज्रिएको कर्णालीलाई सबैले सपना मात्र दिए । तर, ति सपना पुरा गरिदिने प्रयत्न कसैले नगरेको कर्णालीवासी बताउँछन् । 

 

मुगु मात्र होइन, डोल्पा र हुम्लामा पनि यस्तै छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला अहिले पनि तुईनकै भरमा छ ।