close

पुतलीबजारमा खुल्यो यातायातको शाखा

पुतलीबजारमा खुल्यो यातायातको शाखा

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको पुतलीबजारमा पूर्वाधार विकास कार्यालयअन्तर्गतको यातायात शाखा सञ्चालनमा आएको छ ।


ट्राफिक चोकमा स्थापना भएको यातायात शाखाबाट सवारी साधन दर्ता, सवारी जाँचपास, बिलबुक नवीकरण, रुट नवीकरण र रुट इजाजतसम्बन्धी काम हुने पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।


सेवा सञ्चालन अवसरमा पहिलो सेवाग्राहीको रुपमा स्थानीय धु्रव पाठक र ओमप्रसाद पौडेललाई कार्यालय प्रमुख लक्ष्मीप्रसाद भण्डारी र लेखा प्रमुख खगेन्द्रराज अर्यालले सम्मान गरेका थिए ।


निमित्त कार्यालय प्रमुख भण्डारीले यातायात शाखाबाट स्याङ्जाका साथै नवलपरासीको डेढगाउँ, पाल्पा रामपुर, पर्वत हुवास र पोखराका सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।


पूर्वाधार विकास कार्यालय र यातायात शाखामा गरी २४ कर्मचारी रहनेछन् । कार्यालय प्रमुख र लेखा अधिकृतको जिम्मा दुवैतिर हुने हुँदा यातायात शाखामा ७  कर्मचारीबाट काम चलाइनेछ ।यातायातको कार्यालय स्याङ्जामा स्थापना भएकाले पोखरा धाउनुपर्ने बाध्यता हटेको छ ।