close

धादिङबेँसीमा ‘आसपाल्ड’ प्रविधिबाट कालोपत्रे

धादिङबेँसीमा ‘आसपाल्ड’ प्रविधिबाट कालोपत्रे

Trulli
ADVERTISEMENT

धादिङ- सदरमुकाम धादिङबेँसी बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे सुरु भएको छ । डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्तर्गत सदरमुकामभित्रको सात किलोमिटर सडकमा पाँच करोड रुपैयाँको लागतमा कालोपत्रेको गर्न थालिएको हो ।

 

केही वर्षअघि गरेको कालोपत्रे भत्िकन थालेपछि सडक कार्यालयले ‘आसपाल्ड’ प्रविधिबाट सदरमुकामभित्रको सात किलोमिटर सडकमा कालोपत्रे सुरु गरेको हो ।

 

डिभिजन सडक कार्यालयले एक वर्षअघि नै सदरमुकामको सडक कालोपत्रे गर्ने तयारी गरे पनि नगरपालिकाले सडकमा पक्की नाला र पैदल यात्रुका लागि फुटपाथ निर्माण समयमै नगरिदिँदा एक वर्ष ढिला भएको सडक विभागका साइट इन्चार्ज अर्जुन सापकोटाले बताए ।

 

सापकोटाका अनुसार यस वर्षको कार्यक्रमअन्तर्गत सदरमुकाममा सरकारी कार्यालय रहेको क्षेत्रबाहेकका अन्य सडकमा कालोपत्रे गरिने भएको हो ।

 

‘आसपाल्ड’ प्रविधिबाट पिच गर्दा सडकमा पेभर मेसिनबाट बिटुमिन र चिप्स मिसाएर बनाइएको मसला खसाल्नुपर्ने भएकाले पेभर मेसिन छिर्न नसक्ने ठाउँबाहेक बजारका मुख्य र सहायक सडकमा कालोपत्रे हुन लागेको हो ।

 

सिरान बजारदेखि पुछार बजार पुल्चोकसम्मको मुख्य सडकका साथै बीचबजारदेखि त्रिवेणीचोक हुँदै अस्पतालचोकसम्म, बीच बजारबाट मिलनटोल हुँदै पहरे चौतारा, शान्त बजारबाट प्रगतिटोल हुँदै अरुण खोला पुल, एमालेचोकबाट गणेश मन्दिर हुँदै शान्त बजार चोकसम्म कालोपत्रे गरिनेछ ।

 

यस्तै, पेट्रोलपम्पबाट बसपार्क हुँदै एमालेचोकसम्मको सडकमा कालोपत्रे गरिन लागेको हो । मुख्य सडकमा आठ मिटर र सहायक सडकमा पाँच मिटर कालोपत्रे गरिनेछ । सडक निर्माणको ठेक्का लिएको चितवनको शिवशक्ति कन्स्ट्रक्सनले कालोपत्रे गरिरहेको छ ।