close

स्याङ्जाको तीन पालिका जोड्ने सडक ढलान हुँदै

स्याङ्जाको तीन पालिका जोड्ने सडक ढलान हुँदै

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको चापाकोट नगरपालिका वडा- ८ दामाचौरदेखि सेखाम वडा- ५ हिलामराङ, चिट्ठीपोखरी, खासा, भन्ज्याङ, सातदोबाटो, घुर्पाल हुँदै गैह्रखोलासम्म ढलान सुरु भएको छ ।


चापाकोट नगरपालिकाको दामाचौरदेखि हरिनास गाउँपालिकाको गैह्रखोलासम्म ढलान पिच हुने सडकको स्याङ्जाका कांग्रेस महासमिति सदस्य गजेन्द्रप्रकाश मल्लले शिलान्यास गरेका हुन् ।

 

ढलान कालोपत्रे ठेक्का शर्मा हाई हिमाल जेबी निर्माण कम्पनीले पाएको छ । ढलान निर्माण सम्पन्न भएपछि दामाचौर हुँदै सेखाम, क्याक्मी भीमादसम्म दैनिक सवारीसाधन गुड्नेछन् भने स्थानीयलाई आउजाउमा सहज हुनेछ ।