close

दिक्तेल रूपाकोट मझुवागढीले निर्माण गर्‍यो खानेपानी आयोजना

दिक्तेल रूपाकोट मझुवागढीले निर्माण गर्‍यो खानेपानी आयोजना

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा- १४ बुइपाको राम्चेमा ३३ लाख रुपैयाँको लागतमा खानेपानी तथा सरसफाइ आयोजना संचालनमा ल्याएको छ ।


नगरको सबैभन्दा सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई लक्षित गर्दै बुइपाको राम्चेमा खानेपानी तथा सरसफाइ आयोजना संचालन गरिएको हो ।


खानेपानी तथा सरसफाइ आयोजना उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको उपस्थितिमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका हुन् ।


आयोजनाबाट खानेपानीको अभाव झेल्दै आएका राम्चेका ५२ घरधुरी लाभान्वित भएको परियोजनाका प्रबन्धक युवराज रिजालले बताए ।

 

‘आयोजनाका लागि दुई इन्टेक, ४६ हजार लिटर क्षमताको एउटा रिजर्भ ट्यांकी, घरायसी र सार्वजनिक गरी प्रत्येक ५२ घरमा एक-एकवटा पक्की धारा निर्माण गरिएको छ । पानी संकलन गर्ने र आवश्यक परेको समयमा उपयोग गर्ने गरी ४६ घरधुरीलाई ५०० लिटर क्षमताको हिल ट्यांकी वितरण गरेका छौँ’, आयोजनाका प्रबन्धक रिजालले भने ।