close

 ५२ करोड खर्चेर आफ्नै भवन बनाउँदै कागेश्वरी

 ५२ करोड खर्चेर आफ्नै भवन बनाउँदै कागेश्वरी

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगपालिकाले जनप्रतिनिधि आएको साढे ३ वर्षपछि आफ्नै भवन बनाउने तयारी गरेको छ । जग्गा विवादका कारण ३ वर्षसम्म भाडाको घरमा बसेको नगरपालिकाले हाल आएर आफ्नै भवन बनाउन लागेको हो ।


कागेश्वरी मनोेहरा नगरपालिकाले मासिक ४५ लाख रुपैयाँ घरभाडा तिर्दै आएको हो । नगरपालिकाको आफ्नै भवन बनाउने विषय पहिलो प्राथमिकतामा राखिएको थियो । नगरप्रमुख कृष्णहरि थापा जग्गाको समस्याका कारण निर्माण गर्न नसकेको बताउँछन् ।


कान्ति भैरव माध्यमिक विद्यालयको खाली चौरमा सो भवन बनाउन लागेको हो । कान्ति भैरवको ५८ रोपनी ४ आना  जग्गामध्ये ७ रोपनीमा नगरपालिका भवन बन्ने, ११ रोपनी स्कुलको रहने, १६ रोपनी फुटबल ग्राउण्ड, डेढ रोपनीमा ज्येष्ठ नागरिक पार्क बनाउने भएको छ ।


नगरपालिकाले बनाउने भनिएको भवन ५२ करोड रुपैयाँको लागतमा बन्नेछ । सो भवन ७ लल्लाको हुनेछ भने एक तल्लाको अण्डरग्राउन्ड पार्किङ रहनेछ । भवनको ४ तल्ला नगरपालिकाले प्रयोग गर्नेछ भने बाँकी ३ तल्लामा डिपार्टमेन्टल स्टोर रहने गरी निर्माण गर्न लागिएको हो ।  


२ वर्षभित्र सो भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।