close

सोरु गाउँपालिका सडकसँग जोड्न कर्णाली नदीमा बन्यो बेलिब्रीज

सोरु गाउँपालिका सडकसँग जोड्न कर्णाली नदीमा बन्यो बेलिब्रीज

Trulli
ADVERTISEMENT

मुगु – सदरमुकाम गमगढी र सोरु गाउँपालिकालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा बेलिब्रीज तयार भएको छ । बेलिब्रिजको प्रतिनिधि सभाका सदस्य सांसद गोपाल बम, गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीलगायतले उद्घाटन गरेका छन् ।


तारापानी सिपगाउँ जोड्ने गरी सिपघाटमा पक्की पुल निर्माण भई मंगलवार विधिगत रुपमा उद्घाटन गरिएको सोरु गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाको ३ करोड ३७ लाख रुपैयाँ बजेटबाट पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीले बताए ।

 

उनका अनुसार यसअघि कर्णाली नदीमा पुल नहुँदा स्थानीय बासी दुई चरणमा यात्रा गर्न सकस हुने गरेको थियो भने गाडी भाडा समेत चर्को भएकाले गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए ।

 

उनका अनुसार पुल नहुदा गमगढीबाट तारापानीसम्म एक व्यक्तिले ५ सय र सिपगाउँदेखि गाउँपालिका सम्म ७ सय रुपैयाँ जिप भाडा तिरेर पनि यात्रा गर्न बाध्य भएको स्थानीय असल बमले बताए ।


पुल नहुँदा भारी सहितका यात्रुले ठूलो सास्ती भोग्नुपरेको छ । पुल बनेपछि उनले अब ५ घण्टामै घर पुग्न सकिने आशा व्यक्त गरे । जल्पर रवीर चक्र जेभीले पुल निर्माणको काम पूरा गरेको हो ।