close

गल्याङमा आधुनिक बसपार्क बन्ने

गल्याङमा आधुनिक बसपार्क बन्ने

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकामा बसपार्क शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नम्बर ३ र ११ मा पर्ने फलाङ-मुडकिल्लामा बसपार्क निर्माण गरिन लागेको हो । 

 

शिलान्यास कार्यक्रममा गल्याङ नगरप्रमुख भूपराज अधिकारीले नगरको विकासका लागि यो महत्त्वपूर्ण काम भएको बताए । गल्याङ बजारलाई व्यवस्थित बनाउन यसले सघाउने उनको विश्वास छ । 

 

‘यात्रु र सवारी चालकको हितलाई ध्यानमा राखी बसपार्क निर्माण गर्न लागिएको हो’, नगरप्रमुख अधिकारीले भने । 

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, वडा नम्बर ३ का वडाध्यक्ष महेश भट्टराई, वडा नम्बर ११ का वडाध्यक्ष शंकरदेव अधिकारीलगायत उपस्थित थिए ।

 

पहिलो चरणमा बसपार्क निर्माणका लागि घुम्ती बनाउने काम सुरु गरिएको छ ।